क्यान्सर योद्धा हरु द्वारा आयोजित तीज उत्सव २०८२: श्रावण ३० गतेको भव्य कार्यक्रम
नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको तर्फबाट आयोजित तीज उत्सव कार्यक्रम २०८२ श्रावण ३० गते अत्यन्तै भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भयो। यस कार्यक्रममा करिब ७० जना क्यान्सर सर्भाइभरहरुको सक्रिय उपस्थितिले कार्यक्रममा ऊर्जा थपेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा माननीय तथा ब्रेस्ट क्यान्सर सर्भाइभर सलोनी प्रधान सिंहको उपस्थिति रह्यो। उहाँको सहभागिता र प्रेरणादायी अभिव्यक्तिले कार्यक्रममा सहभागी सबैलाई उत्साहित बनाएको थियो।
यस अवसरमा तीजको सांस्कृतिक महत्वलाई स्मरण गर्दै, क्यान्सर जित्न सफल व्यक्तिहरूले आफ्नो आत्मबल, संघर्ष र सफलताको अनुभव बाँडे। यसरी यो कार्यक्रम केवल एक सांस्कृतिक उत्सव मात्र नभई, क्यान्सर सर्भाइभरहरूको आत्मबल र एकताको प्रतीकका रूपमा स्थापित भएको छ।
नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रेरणादायी कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ।
Search Posts
Related Posts
Nepal Cancer Survivor's Society Submits Memorandum...
Jul 15, 2026
Nepal Cancer Survivor's Society Celebrates 9th Con...
Jun 07, 2026
गैरिगाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न: ३०० भ...
May 30, 2026
क्यान्सरपछि पनि सुन्दर जीवन: गागलफेदीमा ५२ क्यान्स...
Jan 17, 2026
नेपाल क्यान्सर सरभाईबर्स सोसाइटीद्वारा संस्थापक को...
Dec 20, 2025